१ कार्तिक २०८१, बिहीबार

आई.एन.एफकाे पचालझरनामा सार्वजनिक लेखा परीक्षण सम्पन्न


  1. कालीकाेट: आई. एन. एफ. नेपाल कालिकोट जिल्ला शाखा अन्तर्गत पचालझरना गाउँपालिकाको सार्वजनिक लेखा परिक्षण आईतबार सम्पन्न भएको छ।
    आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक नीति तथा कार्यक्रम एवम विनियोजित बजेटको विवरण अनुसार भए गरेका कामहरूको प्रगती विवरण र समिक्षा सहित पचालझरना गाउँपालिकामा सम्पन्न भएको हो।
    विपद जोखिम तथा जलवायु परिवर्तन बिरुद्द अनुकुलन क्षमतामा शसक्तिकरण द्वारा उत्थानशिल समुदाय निर्माण गर्ने परियोजना संयोजक दल बहादुर बुढाको अध्यक्षतामा, पालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहिको प्रमुख आतिथ्यतामा, गाउँपालिकाका उपाध्यक्ष अल्किना बम र निमित्त प्रमुख प्रशासकिय अधिकृत कमल शाहको बिशेष आतिथ्यतामा, गाउँकार्यपालिकाका सदस्य, सम्पूर्ण वडाका वडाध्यक्ष, सम्पुर्ण शाखाका प्रमुख तथा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय प्रमुख तथा प्रतिनिधि, स्वावलम्बन समुहका सदस्य तथा सहजकर्ता, टिम लिडर, पत्रकार लगायत अन्य सरोकारवालाहरुको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। चुरुस्त, दुरुस्त, पारदर्शिता र सु:शासन, आर्थिक क्रियाकलापमा सबैको अनुशासन भन्ने मुख्य नारा सहित उक्त कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरण परियोजना अधिकृत शैलेन्द्र बिष्टले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संञ्चालन पत्रकार चन्द्र भट्टराईले गरेका थिए ।
    कार्यक्रममा सहभागी सबैले आ-आफ्नो ठाउँबाट सुझाव, सल्लाह र प्रश्न राखेका थिए। समग्रमा सरकारले पनि संस्थाबाट सिक्न पर्ने जरुरी रहेको बताईएको थियो। आगामी वर्षमा साझेदारी, समन्वय र सहयोगको तादम्यता मिल्न जरुरी रहेको औल्याईएको छ। पारदर्शी र सुशासन कायम गर्न यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताईएको छ।
    कार्यक्रममा बोल्दै पचालझरना सरकारका प्रवक्ता प्रभुजंग संञ्ज्यालले संस्थाले बिउबिजन बाड्दा सरकारसँग समन्वय गर्दै सामानको मुल्य सहित जानकारि दिएर मात्र बाड्न उपयूक्त हुने बताए । साथै आई एन एफले जनताको जनस्तर उकास्न ठुलो भुमिका खेलेको पनि उल्लेख गरे । यस्तै उपाध्यक्ष बमले सामुहिक काम गर्दा सकरात्मक चेतना जन्माउन यस संस्थाले ठुलो भुमिका खेलेको बताईन् भने गाउँपालिकाका अध्यक्ष शाहिले राम्रो काम गरेर नै देशभर फैलिएको र पचालझरनामा पनि ठुलो भुमिका खेलेको बताउनुभयाे । कार्यक्रमका अध्यक्ष बुढाले भने जवाफदेहिता पारदर्शिता र सुशासन कायम राख्नका लागि सामाजिक लेखा परिक्षण गरेको जनाए । साथै सहकार्यर समन्वय गर्ने सबैलाई धन्यवाद दिए ।