१ कार्तिक २०८१, बिहीबार

कालीकाेटमा आगलागीबाट ३ घर जलेर नष्ट


कालीकाेट: तिलागुफा-६ जुविथामा आगलागी हुँदा ३ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । बुधबार दिउँसो ३ बजेतिर विद्युत् चुहावट भई आगलागी हुदा ३ घर जलेर पूर्णरूपमा नष्ट भएका हुन् ।
स्थानीय धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएको तिलागुफा-६ निवासी नेपाली काग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य मनराज शाहीले जानकारी दिए । उनका अनुसार ३ घर जल्दा लाखाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।
छिमेकी धनबहादुर शाहीकाे घरबाट आगलागी सुरू भएपछि स्थानीय मानबहादुर शाही र प्रदेश कार्य समितिका सदस्य मनराज शाहीको घरसमेत जलेका हुन् । तीन घरमा बस्ने १४ परिवार ४० जना विस्थापित हुन पुगेका तिलागुफा नगरपालिका -६ का वडाध्यक्ष प्रवलाल शाहीले बताए ।

काठको छाना र एकअर्कोसँग जोडिएका घरहरु रहेकोले आधा घण्टामै ती घरहरु जलेको वडाध्यक्ष शाहीले जनाए ।
तिलागुफा नगरपालिका-६ जुविथामा आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली सहित स्थानीयकाे सक्रियतामा आगाेलाई नियन्त्रणमा लिएकाे बताईएकाे छ ।
क्षतिको विस्तृत विवरण प्रहरी टोलीले संकलन गरिरहेको छ ।