१८ चैत्र २०८१, मंगलवार

बृहत्तर याैनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण


कालीकाेट: जिल्लामा बृहत्तर याैनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सुरू भएकाे छ ।
याैन, लैङगिकता, प्रजनन् स्वास्थ्य, सम्बन्ध, मानवअधिकार, मूल्य तथा सामाजिक संस्कृतिकाे, बारेमा जानकारी दिनका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरू भएकाे हाे ।

मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकाेटकाे आयाेजना प्लान ईन्टरनेशनल नेपालकाे सहयाेगमा दुईदिने अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
यौनिकता शिक्षाको महत्त्व बुझाउनु लैङ्गिकसमानता, मानव अधिकार, र स्वास्थ्यप्रति सचेतना समाजमा रहेका भ्रमहरू हटाउँदै वैज्ञानिक आधारमा जानकारी दिनु किशोर-किशोरीहरूलाई सही जानकारी उपलब्ध गराउने उद्देश्यले अभिमुखिकरणकाे आयाेजना गरिएकाे हुरेन्डेक नेपाल कालीकाेट जनाएकाे छ ।

बृहत्तर यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरणले समाजमा यौनिकता र प्रजनन स्वास्थ्यबारे खुलेर छलफल गर्ने वातावरण तयार गर्नका लागि अभिमुखिकरण आयाेजना गरिएकाे बताईएकाे छ ।