शर्जिकल आँखा शिविर सुरू


कालीकाेट: जिल्लाकाे महाबै गाउपालिका-२ ओदानकुमा ३९ अाै शर्जिकल आँखा उपचार शिविर सुरू भएकाे छ ।
महाबै गाउपालिकाकाे आयाेजना, द ओदा फाउन्डेसनकाे ब्यवस्थापन, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा अस्पताल कालीकाेटकाे समन्वय र आई केयर फाउन्डेसनकाे आर्थिक सहयाेग तथा हिमालय आँखा अस्पताल पाेखराकाे प्राबिधिक सहयाेगमा दुईदिने निशुल्क आँखा जाँच तथा माेतिविन्दु शल्यक्रिया शिविर सुरू भएकाे हाे ।
शिविरकाे उद्घाटन गर्दै महाबै गाउपालिकाका अध्यक्ष खेमबहादुर सिंह भिजनले आँखाका कारण दुख भाेगिरहेका नागरिककाे आँखाकाे ज्याेति फर्काउनका लागि शिविरकाे आयाेजना गरिएकाे बताए ।
उनले आँखाकाे शल्यक्रिया गरेका बिरामिलाई खान र बस्नकाे लागि ब्यवस्था ओदा फाउन्डेसनले गरेकाे जानकारी दिए । शिविर भाेलिसम्म संचालन हुने अध्यक्ष सिहले बताए ।
कर्णालीपाटी । २५ चैत्र २०८१, मंगलवार १०:२५