११ बैशाख २०८२, बिहीबार

नरहरिनाथमा बृहत् स्वास्थ्य शिविर सुरू


कालीकाेट: नरहरिनाथ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ। नरहरिनाथ गाउँपालिकाको आयोजना र एक एक पाईला फाउन्डेसन, राप्ती आँखा अस्पतालकाे प्राविधिक सहयोगमा शिविरकाे आयाेजना गरिएकाे छ ।
बृहत् स्वास्थ्य शिविर नरहरिनाथमा ३ दिनसम्म संचालन हुने छ । शिविरमा नरहरिनाथ गाउपालिमा र अन्य छिमेकी गाउपालिकाका स्थानियले सेवा लिने  अपेक्षा लिईएकाे छ । शिविरमा स्त्री राेग, हाडजोर्नी, सादा भिडियो एक्सरे सेवा, नाक, कान, घाँटी आँखा, प्रयाेगशाला, ईन्डाेस्काेपी, जनरल मेडिसिन, बाल राेग, छाला, फार्मेशि र शल्यक्रिया सेवा दिईने नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताए ।

उनका अनुसार गाउँपालिका भित्रका असहाय तथा आर्थिक अभावका कारण  स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हाे ।