६ जेष्ठ २०८१, आईतवार

कालिकोटको बदालकोटमा घरमा आगलागी


कालिकोट:    जिल्लाको खाँडाचक्रको नगरपालिका वडा नं. ११ बदालकोटमा आगलागी भएको छ । आगलागीमा स्थानिय आईते दर्जीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । मंगलबार साझ घरमा आगलागी भएको स्थानिय सुरेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार आईते दर्जीको घरमा लागेको स्थानिय नागरिकको सत्रिलयतामा नियन्त्रणमा लिईएको छ । तर दर्जीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
आगलागिवाट मानविय क्षेति नभएपनि भौतिक रुपमा क्षति भएको वडा सदस्य तिलबहादुर शाहीले बताए । आगो बालवालिकाले खेल्ने क्रममा सल्किएको वडा सदस्य शाहीले बताए । बिश्वभरी महामारीकिा रुपमा फैलिएको कोरोना भाईरसको त्रासले लकडाउनमा रहेका बेला घरमा आगलागी भएर सबै अन्न वालि, लत्ता कपडा जलेर खरानि भएपछि परिवारको बिचल्ली भएको छ । घरधनी आईते दर्जीले भने, आगोले घर जलेर नष्ट भयो । घरमा रहेको अन्नबाली र लत्ताकपडा सबै जले । शरीरमा लगाएको कपडा बाहेक केही पनि रहेन् । मजदुरी गरी कमाएर ल्याएको चामल पनि बाँकी रहेन् । उनले आफ्नो परिवारको छाक टार्नका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी प्रमूख डिएसपी श्वामबाबु ओलीयाले बदालकोटमा आगलागीको भएको बताए । उनले वडाले सिफारिस दिएपछि प्रहरीलाई घटनास्थल पठाएर मुचुल्का बनाईने बताए । प्रहरीले मुचुल्का बनाएर ल्याएपछि क्षेतीको एकिन बिबरण आउनेछ । खाँडाचक्र नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष पष्प गिरीले आगलागी परिवारलाई राहतको लागि पहल गर्ने बताए ।