२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप आठ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परिक्षणमा थप आठ जनामा कोरोना देखिएको हो ।
शनिबार कर्णालीमा तीन सय ४६ जनाको परिक्षण गरिएको थियोृ । कोरोना संक्रमण भएकाहरु मध्य सुर्खेतका पाँच जना र दैलेखका तीन जना रहेका छन् ।

त्योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ६५ जना पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कुल संक्रमित मध्ये हाल सम्म एक हजार नौँ सय १३ जना संक्रमणबाट निको भईसकेका छन् । कुल संक्रमण पुष्टी भएका मध्ये हालसम्म ६ जनाको मृत्यु भईसकेको छ । एक सय ४६ जना कोरोना संक्रमणका सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।