१७ बैशाख २०८१, सोमबार

थप ३५ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३५ जनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १२ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा २३ जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु रुकुम पश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एक जना रहेका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार यो संगै कर्णालीमा कुल संक्रमितको संख्या तीन हजार ६३ पुगेको छ ।

१६ जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै कुल संक्रमित मध्ये दुई हजार ६ सय ४९ जना निको भएका छन् । कुल संक्रमण पुष्टी भएका मध्य हाल सम्म ६ जनाको मृत्यु भएको छ भने चार सय ८ सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।