२२ माघ २०८१, मंगलवार

गाउँलेको ‘आँसु झर्छ’ गित बजारमा


कालीकोटः असारयता कालीकोट जिल्लामा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सम्झनामा आधारीत गित बजारमा आएको छ ।
‘नेकपा’ कालिकोटका नेता एवं साहित्यकार चित्रसिंह गाउँलेको शव्द रचनामा आशु झर्छ बजारमा आएको छ । कालीकोट जिल्लामा आएको बाढी पहिरोमा परि ४८ जना भन्दा बढीले आफ्नो ज्यान गुमाएका थिए । पछिल्लो समयमा कालीकोटमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोराना भाईरस भन्दा पनि बाढी पहिरोले मानवीय क्षती गरेपछि साहित्यकार गाउँलेले आफ्नो रचना मार्फत सम्भिएका छन् ।
निरन्तरको वर्षापछि आएको बाढी पहिरोमा परेर अकालमा ज्यान गुमाएका कालिकोटका ४८ जनाको सम्झनामा गीत बनेको हो । ‘नेकपा’ कालिकोटका नेता एवं सर्जक चित्र सिंह (गाउँले) को शब्द रचना तथा गायक रमेश कठायत (झलक) को संगीतमा तयार पारिएको ‘आँसु झर्छ’ बालेको गीत बजारमा आएको छ । गीतमा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको सम्झना गरिएको छ ।
उक्त गीतमा चर्चित गायिका रेखा जोशी र रमेशको स्वर रहेको छ । रमेश कठायतकै निर्देशनमा तयार पारिएको गीतमा वर्षा भण्डारा, रमेश कठायत र रुवि श्रेष्ठको अभिनय रहेको छ ।