२० बैशाख २०८१, बिहीबार

दशैको टीका, कुन देशका कति बेला लगाउने


काठमाडौँ । नेपाल सहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले स्थानीय समय अनुसार तय गरेको हो ।

बिहीबार बसेको समिति बैठकले नेपाल सहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति प्राध्यापक डाक्टर माधव भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

विभिन्न देशमा बसोबास गर्नेहरूबाट दसैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देशअनुसार स्थानीय समय पनि तय गरिदिएको हो ।