२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा नेकपा विवाद, फरक मोडमा मुख्यमन्त्रीले गरे प्रमुख सचेतक शाहलाई पदमुक्त


सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद् फरक मोडमा तानिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त गरे संगै विवाद नयाँ मोडमा गएको हो ।

संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै सोमबार शाहलाइ प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरेका हुन् ।

शाहालाई हटाए संगै मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य सिता कुमारी नेपालीलाई जिम्मेवारी दिएका छन् ।