२१ बैशाख २०८१, शुक्रबार

सुरु हुन नपाउँदै रोकियो मुख्यमन्त्रीको समर्थनमा गर्न लागेको प्रर्दशन


सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा हुन लागेको प्रदर्शन सुरु हुन नपाउँदै रोकिएको छ । ‘कर्णाली बासीको चाहाना स्थित सरकार विकास र समृद्धिको कामना’ भन्ने मुल नाराका साथ व्यानर सहितको टोली प्रदर्शनमा उत्रिए पछि सुरु हुन नपाउँदै रोकिएको हो ।

‘मा. मुख्ययमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारकालाई काम गर्न देउ’ लेखिएको व्यानरमा आयोजक कर्णाली प्रदेशबासीहरु राखिएको थियो । तर प्रदर्शन स्थित मंगलगढि चोकमा केहि पूर्व माओवादी निकट विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा भएका घटनाक्रमहरु पार्टी एकता विरोधि भएको भन्दै नारा जुलुसमा उत्रिका नेता कार्यकर्ताहरु पार्टीको निर्देशन आएको भन्दै फर्किएका हुन ।