२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा थप १ सय ५ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २६ घण्टमा कर्णालीमा थप एक सय पाँच जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक सय पाँच जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु सल्यानका ४६, सुर्खेतका ३४, दैलेखका आठ, कालिकोटका सात, जुम्ला र जाजरकोटका एक, एक जना र अन्य प्रदेशका आठ जना रहेका छन् । यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमितहनेको संख्या चार हजार पाँच सय २० पुगेको छ ।

२७ जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुल निको हुनेको संख्या तीन हजार चार सय ५२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये ११ जनाको मृत्यु भएको छ भने आठ सय ७७ जना संक्रमिहरु प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।