प्रवक्ता विष्टले सामाजिक संजालमा आएका टिप्पणीमा यसो भने…

.
आज केही लेख्न मन लागेको छ,
आज बिहान समाचार के छ, भनेर हेरेको समाचार त गजब रहेछ, जो सुन्दा अच्चम लाग्ने पढ्दा गजब लाग्ने अरुलाई भन्न लाज लाग्ने, जनतालाई सुसुचित बनाउने जिम्मा लिएका मिडियाहरु नै पछिल्लो समय झन भ्रममा पार्न लागि रहेको मैले महसुष गरे ।
मिडियाका साथिहरुलाई म बिनम्रताका साथ आग्रह गर्न चाहान्छु, ‘बाठो भैसीलाई हरियो घाँस हाले दूध दिन्छ’ भन्ने खालका समाचार प्रसारण नगरिदिनहुन, किनकी मिडियाको आफ्नै धर्म छ, आफ्नै पहिचान छ, यस्ता समाचारले पत्रकारिता धर्मको मानमर्दन रहदैन अनि मलाई पनि चित्त दुख्छ किनकी मेरो पृष्ठभूमि पनि पत्रकारीता नै हो । मेरो सबै मिडिया प्रति उत्तिकै सम्मान छ, मेरो जिल्ला कालिकोटमा बिधुत प्रसारणको राष्ट्रिय लाईन पुगेछ, खुशिको कुरा हो, म पनि खुशी छु, यसका लागि पहल गर्नु हुने सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, मिडियाकर्मी लगायत सबै सरोकारवालाहरुलाई धन्यबाद ।
यसका लागि माग गर्नुहुने दवाब दिनुहुने सम्पुर्ण कालिकोटको नागरिकहरुलाई नमन गर्न चाहान्छु, तर सबैले बुझ्न जरुरी छ, राष्ट्रिय प्रसारण लाईन सबै जिल्लामा बिस्तार गर्ने निर्णय कहिले भएको थियो कस्को सरकारका पालामा भयो तेति खेरको तत्कालिन मन्त्री को थियोे राष्ट्रिय योजना आयोगमा को थियोे, यो सबै बुज्न जरुरी छ । कर्णाली प्रदेस सरकार अन्तर्गत बिधुत प्राधिकरण कार्यालय पर्दैन, अनि आफु मुख्यमन्त्री हुदा आफ्नो प्रदेश सरकार अन्तर्गत कालिकोट बिकासको लागि केहि गर्न नसक्ने अनि आफु भन्दा माथिको सघिय सरकारले एउटा नियमित प्रक्रिया अन्तर्गत गरेको कामको गलत प्रचार गर्नु हास्यास्पद छ ।
अनि ५ बष अघि आफु उर्जा मन्त्री हुदा सिन्को भाचि दुइ नगरेका ब्यक्तिहरु अहिले अर्कैले गरेको कामको जस लिन खोज्नु आपत्ति जनक बिषय हो । यस बिचमा कति सरकार फेरिए, कति मन्त्री फेरिए, कति सचिब फेरिए अनि मन्त्रालयबाट हटेका सबै पुर्बहरुले उर्जा मन्त्रालय त हाम्रो ससुराली बाट पाएको दाइजो हो यसले गरेका सबै काम हाम्रै अधिकार हुन्छ भन्नु मुर्खता मात्रै हो । कालिकोट जिल्लामा १० बर्ष पहिला नै बिधुत प्रसारण लाइनमा जोडी सक्नु पथ्र्यो तर कालिकोटबाट निर्वाचित प्रतिनिधिहरुको लापर्वाहीले गर्दा १० बष झन ढिलो भएको छ । आज जसलाई बधाईको ओइरो छ, उहाँले आफु उर्जा मन्त्री हुँदा आफ्ना पालामा जिल्लाभित्रकै एक साना जलबिधुत मर्मत सुधार गर्न सक्नु भएन आज उहाँले राष्ट्रिय प्रसारण लाईन जोड्नु भयो भन्ने समाचार आएछ, यो त हुटिट्याउले आकाश थामे जस्तो कथा भएन र ?
उहाँ त उर्जा मन्त्रीबाट बिना बिभागिय हुँदै बिदा हुनु भएको कुरा सबैलाई जानकरी नै छ, तेसैले यस्तो भ्रमको खेति नगरौ, उहाँलाई बधाई दिने मित्रहरुले बरु सामाजिक अभियान्ता प्रकाश न्यौपानेले बनाएको भिडियो हेर्नू भयोकी भएन, एक पल्ट हेर्नुहोस् र उहाँलाई भन्नुहोस् यो त लाज भयो भनेर, अहिले यत्ति बुझौ बिधुत राष्ट्रिय प्रसारणको लाईन जिल्ला जिल्लामा बिस्तार गर्ने सरकारले योजना बनाउदै गर्दा महेन्द्रबहादुर शाही उर्जामन्त्री हुदाको कुरा छोडौ, उहाँ तेतिबेला बन्दुक बोकेर जंगलमा हुनुहुन्थ्यो, गाउँका मास्टर अपहरण गर्न ब्यस्त हुनुहुन्थ्यो, पुलपुलेसा भत्काउनमा लाग्नु भएको थियोे, बरु तेही पोदमारा साना जल बिधुतको निर्माण कार्य रोक्नलाई लागि पर्नुभएको थियोे ।