८ बैशाख २०८१, शनिबार

दाहाँका १६ बषिया बालिकाको बलात्कार पछि हत्या गरेको परिवारको आशंका


कालीकोटः कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका दोषि पत्ता नलाग्दै कालीकोटमा पनि बलात्कार पछि हत्या गरेको घटना बाहिरीएको छ । निर्मला पन्तका हत्यारा पत्ता अझै लागेका छैनन् तर कालीकोटमा पनि बलात्कार पछि हत्या भएको कहाली लाग्दो घटना सार्वजनिक भएको छ ।
कञ्चरपुर घटनाको ३ वर्ष बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेकै बेला कालीकोटमा पनि बलात्कार पछि हत्या गरिएको घटना बाहिर आएको हो । जिल्लाको खाडाचक्र नगरपालिका–६ कि १६ वर्षिया बालिका निरु विकको सव घर नजिकैको मकै बारीमा भेटिएको हो । भर्दौ ४ गते घरबाट बेपत्ता भएकी विकको ४ दिन पछि मात्रै आफन्तले मकैबारीमा घाटी रेटेर फालेको अवस्थामा सव भेटका थिए ।
बालिकाको बलात्कार पछि हत्या गरिएको हुनसक्ने परिवारले आशंका गरेका छन् । घरबाट नजिकै निस्केको ४ दिनपछि सव मकैबारीमा भेटिनु बलात्कार पछिको हत्या भएको मृतक बालिकाका आफन्त बसन्त सुनारले बताए । उनले भने, ‘हाम्रो आशंका बलात्कार पछि हत्या भएको छ, प्रहरी अनुसन्धान र पोष्टमाटम रिपोट आएपछि सवै जानकारी भईहाल्छ ।’ मेला हेर्ने भनेर गएकी बालिका मृत अवस्थामा भेटिनु बलात्कार नै भएको पारिवारीको स्रोतको दावि छ ।

अनुसन्धान भईरहेको छ–प्रहरी
खाडाचक्र नगरपालिका–६ दाहामा भएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । उनले प्रदेश प्रहरीको टोलि पनि अनुसन्धानका लागि कालीकोट आएको शाहको भनाई छ । प्रदेश प्रहरी कार्यालयबाट सहि नारायण शर्माको नेतृत्वमा ४ जनाको अनुसन्धान टोलि आएको बताए ।
बालिकाको हत्याका लागि प्रारम्भिक अनुसन्धान समेत गर्न नसकेको शाहले बताए । उनले बलात्कार नै भएको भन्ने आकलन गर्न नसकिएको बताए ।