गम्भिर घाईतेको उद्दार

 

कालीकोटः सान्नित्रिवेणी गाउँपालिका– २ आमतडामा भएको जिप दुर्घटनामा पर गम्भिर घाईते भएका दुई जनालाई सुर्खेत रेफर गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत दुई जनालाई प्रदेश अस्पताल कालागाउँमा थप उपचारका लागि रेफर गरिएको हो । रास्कोट नगरपालिका वडा नं ९ थोल्मका लक्ष्मी बराल र टेक लुहारलाई सुर्खेत रेफर गरिएको हो । लुहारको टाउँकोमा गम्भिर चोट छ भने बरालको टाउँको र कम्मरमा चोट लागेको थियो । सान्नीगाडबाट जितेतर्फ आउँदै गरेको मानसरोवर यातायातको कर्णाली १ज २३ नम्बरको यात्रुबाहक जिप आमतडाको उकालोमा चढ्न नसकेर पछाडि जाँदा दुर्घटनामा परेको थियो ।
जिप कर्णाली नदीको किनारामा खसेको हो । दुर्घटनामा परी सान्नीत्रिवेणी–२ सेरिजिउलाका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ११ जना घाईते भएका थिए घाईते मध्ये दुई जनालाई आज थप उपचारका लागि सुर्खेत रेफर गरिएको हो । उकालोमा जिप चढ्न नसक्दा दुर्घटना भएको थियो । ‘अप्ठेरो सडकमा ब्रेक नलागे पछि जिप दुर्घटनामा परेको थियो ।