कृषि बैकले सुरू गर्याे एटिएम

कालिकोट – कृषि विकास बैंक शाखा कालिकोटले एटिएम सेवा सुरू गरेकाे छ ।
ग्राहकलाई थप सेवा तथा सुविधा दिने उदेश्यले बिहिवार डिजिटल बैंकिङ सेवा एटिएम सेवा सुचारू गरिएको हाे ।तपाई हाम्रो घर आगनको बैंक कृषि बिकास बैंक लिमिटेड भन्ने मुख्य नाराका साथ अगाडि बढिरहेको बैंकले सदरमुकाम मान्ममा एटिएम सेवा सुचारु गरेपछि अब सेवा ग्राहिले सहज र सुर्लभ सेवा पाउने शाखा कार्यालयका प्रबन्ध उषा चन्दले बताईन । प्रबन्धक चन्दका अनुसार कालिकोटका ९ स्थानीय तहहरु मध्ये तिन वटा स्थानीय तहहरुमा कृषी बिकास बैंकका शाखाहरु स्थापना गरिएको छ ।

बिगत लामो समय देखि कृषि बिकास बैंक शाखा कालिकोट मान्ममा एउटा अभिभावकको भुमिकामा छ ।
यसरि हेर्ने हो भने झन्डै कालिकोटमा बैंकबाट सेवा उपभोग गर्ने जनसंख्या अरु बैंकको तुलनामा कृषि बिकास बैंकका ग्राहक थुप्रै रहेको चन्दले बताइन।

सेवा स्थापना गर्न कालिकोटको तर्फबाट उच्च ब्यवस्थापन बिभाग र कर्णाली प्रदेश कार्यालय सम्पुर्णमा आभार सहित धन्यवाद व्यक्त गरिन ।