पलातामा खाध्य कचहरी

कालीकाेट: जिल्लाकाे पलाता गाउपालिकामा खाध्य कचहरि सम्पन्न भएकाे छ ।
मिसन ईस्टको प्राबिधिक सहयोग पलाता गाउपालिकाको समन्वय र किर्डाक नेपाल लालिकोट को आयोजनामा गाउपालिका स्तरिय खाद्य सुरक्षा कचहरि सम्पन्न भयको हाे । पलातामा खाध्य सुरक्षाका लागि भैरहेका पहललगायतका बिषयमा छलफल गरिएकाे थियाे । कार्यक्रममा पलाता गाउपालिकाले सिचाइ, अर्गानिक खेति फलफुलका बिरुवा बितरण कुखुरा, बाख्रा भेडा, भैसि र तरकारी खेतिका लागि पालिकास्तरबाट अनुदानका कार्यक्रमहरू लागु गरिरहेको जानकारी गराएकाे थियाे ।  कार्यक्रममा बाेल्दै पलाता गाउपालिकाका अध्यक्ष  लक्ष्मण बहादुर बमले पलातामा खाध्य संकट हुन नदिने उद्घाेष गरे । उनले खाध्य सुरक्षाका लागि गैर सरकारी संस्थाले पनि सहयाेग गरेकाे  भन्दै धन्यवाद दिए । त्यसै  गरि परियोजाना लागु भय देखि पालिका सङ्ग को समन्वयमा नेपालको बिकट हिमालि समुदायका किशाेरीहरुको बहिस्करण तथा भोकमरि अन्त्यका लागि सकारात्मक कार्यहरू DR 003 परियोजनाले सहिढंगले जनस्तरमा पुराउन कुनै कम्जोरि नगरेकाे परियोजना संयोजक पदम बहादुर कठायतले बताए । खाद्य कचहरिमा स्थानीय जनप्रतिनिधि किशाेरी समुह आमा समुह राजनैतिक दल का प्रतिनिधि बुद्धिजिबि युबा क्लब बाल क्लबका प्रतिनिधि को उपस्तिथिति रहेकाे कार्यक्रममा आगामी दिनमा पलाताको खाद्य असुरक्षालाइ हटाउ जनस्तरबाट सरकार र किर्डाक नेपाल ले आ आफ्नो ठाउ बाट भुमिका खेल्नु पर्ने बताएका थिए। पालिकाको खाद्य सुरक्षाका लागि सरकार का तर्फबाट पालिका अध्यक्ष ले पांच बुदे प्रतिबद्धता गरेका छन् । कार्यक्रमको सहजीकरण सि.के नेपाल मिडिया प्रा.लि का प्रबन्धक खगेन्द्र न्यौपानेले गरेका थिए ।