महिनावारी स्वच्छता तथा लैड्डिक समावेशिकरण तालिम सुरू

 

कालीकाेट: साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाको आयोजनामा कालिकोट जिल्ला नरहरिनाथ गाउ“पालिकाका किशोरी तथा युवा महिलाहरुलाइ महिनावारी स्वच्छता तथा लैड्डिक समावेशिकरण सम्बन्धी ३ दिने तालिमको सुरु गरिएको छ ।

पेस नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीराम थापाको अध्यक्षता नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाको प्रमुख आतिथ्यता, शिक्षा युवा तथा खेलकुद शाखा नरहरिनाथ गाउपालिकाका प्रमुख रामप्रसाद भुसाल र पालिका स्वास्थ्य सह संयोजक पार्बती बटालाको आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले परम्परागत रुपमा चलिआएको कु–संस्कारले गर्दा महिलाहरु महिनावारी हुदा निकै पिडा भोगिरहेको उल्लेख गदै केहि हद सम्म किशोरी र महिलाले आफ्नो समावेशी अधिकार बारे आवाज उठाउने गरेपनि समुदायमा चलिआएको गलत प्रचलनले अझैपनि लैड्डिकरुपमा अर्थपुर्ण महिलाहरुको हरेक क्रियाकलापमा सहभागीता नहुने गरेको बताईन् ।
उनले तालिम आयोजना गर्ने पेस नेपाल जुम्लालाइ धन्यबाद दिदै संस्थाले गर्ने यस्ता कार्यक्रममा स्थानीय सरकारको सहयोग रहने र स्थानीय सरकाले लैड्डिक समावेशिकरणका कार्यहरु गर्दै आएकोले सबै सरोकारवालाहरुको सहयोग रहनुपर्ने धारणा राखिन् । तालिममा पेश नेपालका कार्यक्रम अधिकृत श्रीराम थापाले यस पालिकाका किशोरीहरुलाइ महिनावारी स्वच्छता व्यवस्थापन तथा लैड्डिक समावेशीकरणका बिभिन्न कार्यक्रम पेस नेपालले गर्ने भएकाले किशोरी तथा युवा महिलाहरुको क्षमता बिकास हुने भएकाले यो कार्यक्रमलाइ स्थानीय सरकाले संचालनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

पेस नेपालद्धारा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिल परियोजनाको जानकारी गराउदै सामाजिक परिचालक शंकर प्रसाद उपाध्यायले साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला स्थापना कालदेखि नै लक्षित समुदायको उत्थानकालागी विभिन्न दातृ निकायसंग सहकार्य गरि जुम्लामा काम गदै आएको र यस बर्षबाट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिल परियोजना संचालन सुरु गरेको बताए ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल ) जुम्ला र प्लान इन्टरनेशनलको साझेदारीमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिल परियोजना १ वर्षका लागि जिल्लाको नरहरिनाथ गाउ“पालिकामा लागु भएको छ । परियोजनाले नरहरिनाथ गाउ“पालिकामा रहेका बिद्यालयमा खानेपानी निर्माण तथा सरसफाइ सुधारका कामहरु गदै यस पालिकामा जलबायु अनुकुलन, बिपद जोखिम न्युनिकरण जस्ता महत्वपुर्ण क्षेत्रमा काम गरि बालबालिकालाई लैंगिक समावेशी र समानताका आधारमा अवसर प्राप्त गर्न सक्ने वतावरण दिने र बालबालिकाहरm लैंगिक रmपान्तरण, अपाङ्गमैत्री र संस्थागत शैक्षिक समावेशी प्रणालीको क्षेत्र विकास गर्ने छ ।