बालदिवसमा किशोरी सम्मानित

कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–३ ले वडामा रहेका २० वर्षमार्थिका ४० किशोरीलाई सम्मान गरेको छ । २० वर्ष उमेर पुगेर पनि अविवाहित रहेका आफ्ना वडाका ४० किशोरीलाई वडा कार्यालयले सम्मानस्वरुप पुरस्कृत गरेको वडाले जनाएको छ ।
२० वर्ष उमेर पुगेर पनि विवाह नगरेर बसेको भन्दै उनीहरुलाई सम्मान गरिएको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए । सानै उमेरमा विवाह गर्ने परम्परागत तोडेकाले किशोरीलाई सम्मान गरिएको हो । सानै उमेरमा विवाह गर्दा किशोरी शारीरीक तथा मानसिक रुपमा परिपक्क नहुने भएकाले वडाले वडामा रहेका किशोरीलाई उमेर पुगेरमात्र विवाह गर्न शन्देश दिनका लागि किशोरीलाई सम्मान गरिएको जनाइएको छ । ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारालाई आत्मसाथ गर्दै किशोरीलाई सम्मान गरिएको शाहीले बताए ।
उनले भने, ‘सानै उमेरमा विवाह गर्दा शारीरीक रुपमा किशोरी परिपक्क नहुने, उमेर पुग्दासम्म कतिपयको सम्बन्ध विच्छेद हुने भएकाले उमेर पुगेपनि शारीरीक रुपमा परिपक्क नभएका किशोरीलाई सम्मान गरेका र्हौं ।’ ५७ र्औं बालदिवसको अवसरमा तिलागुफा नगरपालिका–३ ले किशोरीलाई सम्मान गरेको हो । सम्मान संगै वडाले सानै उमेरमा विवाह गर्दा किशोरीले भोग्नुपर्ने पिडाहरुलाई नाटकमाफर्त प्रस्तुत गरेको थियो ।
तिलागुफाका किशोरी पछिल्लो समय आफैमा शिक्षित भएकाले पनि सानै उमेरमा विवाह गर्ने परिपाटी हटेको बताइएको छ ।