७ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा खुल्यो सुविधा सम्पन्न हस्पिटालिटी सेन्टर


कालीकोटः अन्तराष्ट्रिय मापदण्डको हस्पिटालिटी ट्रेनिङ उपलब्ध गराउने लक्ष्य सहित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ सुर्खेतमा ‘कुलिनरी द हस्पिटालिटी सेन्टर’ संचालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पुर्ती गर्ने लक्ष्यसहित यो सेन्टर संचालनमा ल्याईएको यसका संचालक केशव कठायतले बताएका छन् ।
करिब १ करोड १० लाखको लगानीमा हस्पिटालिटी सेन्टर संचालनमा आएको हो । हस्पिटालिटी सेन्टर संचालनमा आएपनि पहिलो सेसनका कक्षाहरु असोजभन्दा पछिबाट सुरु हुने कम्पनीले जनाएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको दक्ष जनशक्ति अभाव यो सेन्टरले पुर्ती गर्ने कम्पनीका संचालक केशव कठायतको विश्वास छ ।
कर्णाली प्रदेशमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ । त्यहि अभावलाई पुर्ती गर्ने र स्थानिय युवापुस्तालाई अन्तराष्ट्रियस्तरमै रोजगारी पाउन सक्ने गरि दक्ष बनाउने हाम्रो चाहना हो ।’ ‘कुलिनरी द हस्पिटालिटी सेन्टर’ का संचालक कठायतले भने, ‘त्यसैले अन्तराष्ट्रियस्तरकै पुर्वाधार र प्रशिक्षकहरुबाट हामीले उनीहरुलाई सिकाउनेछौँ ।’ कुलिनरी आर्टस् (कुकरी) बेकरी र पेस्ट्रीको अन्तराष्ट्रिस्तरको तालिम दिईने कम्पनीले जनाएको छ ।
‘सेन्टरबाट प्रशिक्षण लिईसकेपछि प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ । कम्पनिले विशेष गरि कर्णाली प्रदेशका विपन्न, गरिव जेहेन्दार, द्धन्द्ध पीडित, सहिद परिवारका व्यक्तिहरुलाई सतप्रतिशत छात्रवृतिमा अध्ययन गराउने जनाएको छ । ‘यहाँ तालिम लिईसकेपछि विद्यार्थीहरु सोझै काम गर्न सक्ने गरि तयार हुन्छन् । कुलिनरी आर्टस् र बेकरी सम्बन्धि डिप्लोमा कोर्ष करिब ६ महिना अवधीको हुनेछ ।