युवाहरूलाई उद्यमशिलता सम्बन्धि तालिम

कालीकाेट: युवा उद्यमशिलता पुर्नताजकीय सीप विकास तालिमको मान्ममा समापन गरिएको छ । ग्रामिण भेगका युवाहरुलाई उद्यमशिलतामा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ मान्ममा ३ दिने उद्यमशिलता तालिमको आयोजना गरिएको हो ।
सहकर्मी समाजको आयोजनामा जिल्लाको नरहरिनाथ गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिकाका ३० जना युवायुवतीहरुलाई उद्यमशिलता तालिम दिइएको सहकर्मी समाजका जिल्ला संयोजक चेतराज भट्टले बताए । उनले  भने, ‘अहिले युवापुस्ता रोजगारीका लागी विभिन्न खाडि मुलुकमा जाने प्रावधान बसेको छ यसलाई रोकेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि तालिमको आयोजना गरिएको हो ।’
सहकर्मी समाजबाट संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत युवा उद्यमीहरुलाई उद्यमशिलताको तालिम दिइएको हो । परियोजना लागु भएका स्थानीय तहबाट १० जनालाई तालिममा सहभागि गराइएको छ । तालिममा सिकेका कुरालाई सहभागिले आफ्नो व्यवहारमा लागु गरेर जिल्लामा नै रोजगारीको अवसर पाउनु भनेर तालिममा सहजिकरण गरिएको उमाकान्त आचार्यले बताए । ३ दिन सम्म चलेको तालिमको आचार्यले जिवन उपयोगी सिप र उद्यमशिलता तालिमकाे सहजिकरण गरेका थिए ।