१६ चैत्र २०८०, शुक्रबार

युवा लक्षित बजेट ल्याउछाैं- नगरप्रमुख पाण्डे


कालीकाेट: खाडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले युवा लक्षित बजेट ल्याउने बताएका छन् ।
सहकर्मी समाजले आयाेजना गरेकाे युवा उद्यमशिलता सीप बिकास तालिमकाे समापन कार्यक्रममा बाेल्दै प्रमुख पाण्डेले बर्तमान अबस्थामा युवाहरूले पालिकाकाे बिकासमा युवा सहभागिता हुन जरुरी रहेकाे बताए । उनले युवाहरू ब्यवसायिक याेजना ल्याएर नगरमा आए नगरले युवापुस्तालाई ब्यवसायि बनाउन हरकदम गरिरहेकाे बताए ।