७ बैशाख २०८१, शुक्रबार

पाटी भित्रकाे गुट हटाउन सचिवमा उम्मेदवारी रहने- न्याैपाने


कालीकाेट: नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकाेटकाे सातौं जिल्ला अधिबेशनमा तिलागुफा नगरपालिका- ५ का वडा अध्यक्ष तथा युबा नेता टिकाराम न्यौपानेले जिल्ला सचिबमा उम्मेदवारी दिने बताएका छन् ।
नेपाली काङ्ग्रेसको बिगत २०४८ साल देखिको चुनावको हारको शृङ्खलालाई भङ्ग गर्न र स्थानिय चुनावको लज्जास्पद हारलाइ पार लगाउनको लागि ससक्त कार्यसमितिको टिम बनाउन र जिल्लाको सङ्गठनलाइ गतिशिल बनाउन आफ्नो उम्मेदवारी रहने भएकाले सचिवमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।
सबैसङ्ग सहकार्य र सहमती गर्द्दै काङ्ग्रेसको सङ्गठन मजबुत बनाउनको लागि बुढापा नेताहरुलाइ अभिभावकत्वको हिसाबले सम्मान गर्दै युवाहरुको ससक्त टिम बनाउनु पर्ने युवा नेता न्यौपानेको धारणा छ । एक ब्यक्ती एक पद र एक कार्यकालको पद्दती अबल्म्बन गर्नुपर्ने धारणा राख्ने न्यौपाने नेबिसङ्ग महेन्द्र क्याम्पस सचिब नेपाल शिक्षक संघमा आबद्द हुँदै ६ बर्सको शिक्षण पेसा बाट राजनितिमा आएका हुन । २०७४ सालको स्थानिय चुनावमा नेपाली काङ्ग्रेस पार्टिबाट एक मात्र बिजयी वडा अध्यक्ष हुन । नेपाली काङ्ग्रेसको अधिबेसनमा टिम र गुट भन्दा पनि योग्य र क्षमतावान ब्यक्तिलाइ उचित स्थान दिनुपर्ने र लगत्तै स्थानिय चुनावको समय आएकोले पर्टिमा बैमन्स्यता र तिक्तताको बाताबरणको सिर्जना नगर्नको लागि नेतृत्वलाई सुझाव दिदै युवा कार्यकर्ताहरुलाइ चुनावको तयारिमा लाग्नुपर्ने धारना युवा नेता न्यौपानेको रहेको छ