१६ चैत्र २०८०, शुक्रबार

टिमको राजनीति अन्त्य गर्न सचिवमा उम्मेदवारी


कालीकोटः यतिबेला नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको ७ र्औ जिल्ला अधिवेशनको रौकन छाएको छ । अधिवेशनमा नेताले आ–आफ्नो पद घोषणा गर्ने गरिरहेको छन् ।
यसै क्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सदस्य नमराज बमले पनि आफ्नो घोषणा गरेका छन् । उनले यस पटकको अधिवेशनमा जिल्ला कार्य समिति सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्् । काँग्रेसलाई जिल्लामा ठुलो पाटी बनाउन र काँग्रेस कार्यकताभित्र भएका मनमुटावलाई साम्य पार्नका लागि आफ्नो सचिव पदमा उम्मेदवारी रहने बमले बताएका छन् । राजनीतिमा अनुशासन र गतिशीलताको लागी अग्रजको अनुभवलाई अनुशरण गर्दै युवा पुस्ताको प्रतिनिधित्व स्थापित गर्दै सवैलाई एकै ठाउँमा गोलबन्द बनाउनका लागि आफु सचिवमा योग्य भएको बमले बताए ।
युवामा राजनीति प्रतिको वितृष्णालाई चिर्न, गुट र उपगुटको राजनीतिलाई अन्त्य गर्न, सवल र सफल नेतृत्व चयन गर्न, नेपाली काँग्रेसको स्पष्ट दृष्टिकोण जनताको माझमा पु¥याउनका लागि काँग्रेस कालीकोटमा युवाको आवश्यकता भएको बमको भनाई छ । काँग्रेसका बुढापाका नेतालाई सम्मान गर्न, उनीहरुले गरेको कामको प्रचारप्रसार गरि काँग्रेसलाई कालिकोटमा विजयी गराउन पनि नयाँ युवापुस्ताको आवश्यकता भएको बताए । युवा विना कुनै पनि पाटी सफल नहुने भएकाले जिल्ला कार्य समितिमा युवाहरुको सहभागिता हुनेमा आफु विश्वस्त रहेको जानकारी दिए । उनले १५ गते हुने जिल्ला अधिवेशनका लागि वडाबाट छनोट भएका क्षेत्रीय प्रतिनिधिहरुलाई आफुलाई सचिवमा मतदान गरि विजयी गराइदिन आग्रह समेत गरेका छन् ।
सानै उमेदेखि काँग्रेसको राजनीतिमा सक्रिय भएका बम अघिल्लो पटक जिल्ला कार्य समिति सदस्यमा मनोनित भएर पाटीको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरिरहेका छन् ।