२१ बैशाख २०८१, शुक्रबार

सुरुङ्ग खनी भागेका कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त पक्राउ


सुर्खेत । श्रीमतिको हत्या गरेर फरार रहेका एक जना कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कालिकोट महाबै गाउँपालिका–३ घर भई हाल जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका– १० बुदबुदे टोल बस्ने बर्ष ४५ वर्षीया धनराज सिंहलाई कर्णाली प्रहरी कार्यालय टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।
२०५८ साल साउन २८ गते आफ्नै श्रीमतीलाई हत्या गरी कर्तव्य ज्यान मुद्धामासुर्खेत जिल्ला अदालतबाट २०५८ साल भदौ १४ गते पुर्पक्षका लागि जेल पठाइएकोमा २०५८ साल माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनी भागी फरार रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
प्रवक्ता खड्का अनुसार २०६५ साल मंसिर १३ गते सुर्खेत जिल्ला अदालतले २० बर्षको कैद सजाय तोकिएको फरार सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको बिशेष टोलीले २०७८ माघ २४ गते पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा पेश गरिएकोमा र कैद भुक्तानीको लागी कारागार कार्यालय सुर्खेतमा पठाईएको बताए ।