१४ आश्विन २०८१, सोमबार

भ्रुणवस्थादेखि मृत्युसम्म तिरस्कार र अपहेलना खेप्दै हुर्केकी नारी


चाहे आमाको दुध चुस्दै गरेकी शिशु होस, चाहे प्रकृतिले दिएको महिनावारीको दुखाई खेपिरहेकी छाउगोठमा बसेकी किशोरी होस या हिडडुल गर्नै नसक्ने साठ्ठी वर्ष पार लागेकी बृद्धा आमा होस पीडा सबैको त्यहि एउटै हो । बलातकारपछिको मृत्यु, संस्कारको नाममा हिंसा, सम्मानको नाममा तिरस्कार यस्तै यस्तै कुविचार र नकारात्मक सोचको पुरुषवादको जालोमा फसेको छ, नारी जीवन ।
बस्ने घर र हिड्ने बाटोसम्म जहाँ पनि नारीले कतिबेला कहाँ आफुले मृत्युवरण गर्नुपर्ने हो ? पत्तो पाउँदैनन् । नारा जति नारामै सिमित छ । महिलाका लागि लेखिएका जति अधिकार संविधानका ऐनका पाना गाथाले छोपिएको भएपनि कार्यान्वन गर्ने हात पुरुषले बाधिएका छ । ‘सामाजिक न्याय र लैङ्किक समानता दिगो विकासको सुश्चितता’ यो लगायत यस्ता अन्तराट्रिय नारा सयौँ पुगे आखिर नारिले के पाए ?
आफैँले भोगिरहेको भोगाईलाई नै कतै गएर बिसाउने ठाँउ नभएको नारीवाद हिजो आज कता–कता न्याय दिए जस्तो तर फसाइ रहेको जस्तो पनि छ । कानुनमा न्याय खोज्दै हिडेकी नारी उतैँ हराउँछे न्याय पाउने आशमा । ऊँ विचरीलाई के थाहा होस पनि कसरी हामी नारी पुरुषवादले बाँधिएका छौँ भनेर । यो उसको लागि महाभारत हो । किनकी, ऊँ जन्मनुभन्दा पहिल्यै भ्रुणावस्थामै अपहेलित भैससेकी नारी हो । जन्मन नपाउँदै कसको जिम्मा लगाउने, के काम सिकाउने भनेर उसको भागमा परिसकेको हुन्छ । पराईको घर सासु ससुराको टोकोसो, नन्द देवरको हेपाई श्रीमानको अपहेलना र छोराछोरीको वालापन अनी समाजको तिरस्कार ।
जन्मन विक्तिकै सोच्न थाल्छन घर परिवार उसलाई नारीको नाम पनि राम्रोसँग थाहा छैन् जन्मन नपाउँदै हिसामा परेकी ऊँ किशोरावस्था नसकिदै जन्म घर छोडेर कर्म गरेर आफ्नो कर्म चलाउने भ्रममा जीवनभर कसैको चाकडी गर्दै बिताउनु पर्छ । जन्माएर संसार देखाउने आमावुवाको सेवा गर्ने हातहरुले कर्मकै आशमा अपरिचित परिवारको सेवामा सर्मपित हुन्छ । उसको कलिलो लोभ लाग्दो शरिर हेरेर काम गर्न सक्ने भएपछि ती कलिली बालिकालाई बुहारीको पद थमाइन्छ । काम गर्न र घरको इज्जत ढाक्न भनेर घरका परिवार सवै जनाले भित्र्याउँछन जब बुहारी बनेर पराइको घर पुग्छे । तब ऊँ बुहारीको पद पाएकी नारी श्रमिकमा सुनिश्चित रहन्छे । जतिसुकै श्रम गर्दा पनि ज्याला नपाउने श्रमिक हो, नारी । जतिसुकै पढोस् न उसको मुख्य जिम्मेवारी चुलोचौको, श्रीमानको अस्तित्व र घरको इज्जत ढाक्नु हो । सुत्केरी हुदाँ घर परिवार र श्रीमानले छोडेको पीडा होस या आफु हुदाँहुदै अर्काे मान्छे ल्याउदाको पिडा होस सहनै पर्ने बाध्यता छ । यति मात्र कहाँ होर श्रीमानको आयु बढाउन दिनभरी ब्रत बसी खुट्टाको पानी पिउदा खुकुरी प्रहारबाट मृत्युवरण स्वीकार गर्ने पनि नारी हो । अब नारीलाई के चाइयो र जो पाउनु थियो पाए गुमाएको केही छ जस्तो लाग्दैन् ।
त्यो बाहेक उसलाई केहि मतलब छैन् मतलब होस पनि कसरी नारी त पुरुषवाद भन्दापछिको दोश्रो दर्जामा राखिएको छ । न त उसले समाजको सम्मान पाउन सकि न त घरको इज्जत पाउन सकि न त श्रीमान्को माया महसुश गर्न पाई उसलाई थाहा छैन् नारी पुरुष सम्मान हुन् भन्नेर कुरा, बस यति थाहा अधिकार जति पुरुषको छ हुकुमको हैकम नारीमा चल्छ । नारी पत्थर हो भ्रुणावस्थादेखि मृत्युसम्म तिरस्कार र अपहेलनामै बाचेकी नारी हो । नारी पुरुष बराबर त नारीको लागि झिनो आश मात्र हो ।