२१ बैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा अन्तरक्रिया


कालीकोटः सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो । महिला अधिकारको मुद्दा उठ्न थालेको समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो छ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ ।
यसैका विचमा ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सहकर्मी समाजको आयोजनामा अन्तरक्रिया गरिएको थियो । सहकर्मी समाजबाट संचालित नागरिक सहभागिता कार्यक्रमको सहयोगमा अन्तरक्रिया गरिएको हो । खाडाचक्र नगरपालिकाका प्रवक्ता पुष्पराज गिरीको अध्यक्षतामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा नगरस्तरीय महिलो सञ्जाल गठनका लागि कार्य विधि निमार्ण गर्न तदर्थ समिति गठन, युवा महिलाको क्षमता अभिबृद्धि तालिम, विभिन्न समितिहरुमा युवा महिलाको सहभागिता एवं नेतृत्व बढाउनुपर्ने, महिला हिंसा न्यूनिकरणका लागि चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने, युवा महिलाको आवश्यकतामा अधारित योजना छनोट र बजेट निमार्ण गर्ने अध्यक्ष गिरीले प्रतिवद्धता गरेका थिए । कार्यक्रमको सहजिकरण सहकर्मी समाजका जिल्ला सुशासन तथा वकालत अधिकृत चेतराज भट्टले गरेका थिए ।