१८ बैशाख २०८१, मंगलवार

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालन बिरुद्ध मुद्धा दायर
सुर्खेत,  । नक्कली बिल भरपाई बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्धा दायर गरेकोक छ । संस्थाका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरे बिरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले बिषेश अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
सुर्खेतको तत्कालिन गढी, लेखगाउँ, कुनाथरी गाउँ विकास समितिमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएको थियो ।
राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल), सुर्खेतले मिति २०७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबद्र्धन गर्ने भनेर नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी रु.१३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।