२३ बैशाख २०८१, आईतवार

मन्त्रालयको पहिलो पटक लैससास परिक्षण, आगामी कार्ययोजना निर्माण


सुर्खेत । भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परिक्षण कार्यक्रम सुर्खेतमा आज सम्पन्न भएको छ । यसरी यो मन्त्रालयमा परिक्षण गरीएको पहिलो पटक हो ।
नीति, कानून योजना, संस्थागत ब्यबस्था, मानव संधान तथा क्षमता विकास, सुशासन तथा उत्तरदायित्व र सेवा प्रबाहका पाँच क्षेत्रमा ७५ वटा सूचकहरुका आधारमा परिक्षण गरीएको हो । पाँच शिर्षकमा परिक्षण गर्दा मन्त्रालयले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा १ सय अंक ल्याउनु पर्नेमा जम्मा ३२ अंक मात्रै प्राप्त भएको छ । यो प्राप्त अंकका आधारमा मन्त्रालयले यस क्षेत्रमा उल्लेख्य काम गर्न नसकिएको देखिएपछि आगामी दिनमा लैससासलाई प्राथमिकता दिएर कार्य गर्ने योजना समेत निर्माण गरीएको छ ।
परिक्षणको पहिलो दिनमा मन्त्रालयमा रहेको महिला शौचालयमा डस्बिन र सेनिटरी प्याडको ब्यबस्था मिलाईको छ । परिक्षणमा सहभागी मन्त्रालयका महाशाखा, शाखाका प्रमूखहरुले सानो सानो कुरा पनि बेवास्ताका कारण नभएको भन्दै यसमा सचेतता अपनाउने प्रतिबद्धता गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश कार्यक्रम कार्यान्वयन इकाइको सहयोग तथा ग्रिन कर्णाली कन्सल्टेन्सि एण्ड टेर्निगं सेन्टर प्रालिको सहकार्यमा परिक्षणको आयोजना गरीएको हो ।
बिषय बिज्ञ कशुम बिष्टले सहजीकरण गर्नुभएको परिक्षणमा मन्त्रालय अन्र्तगतका महाशाखा र शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । ग्रीन कर्णाली कन्सल्टेन्सिका प्रबन्ध निर्देशक लक्ष्मी भट्टराईका अनुसार यो बर्ष कर्णाली प्रदेशका भूमी ब्यबस्था कृषि तथा सहकारीको परिक्षण सम्पन्न भएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिक्षण बुधबारबाट सुरु गरीने छ ।