नगरपालिका महासंघ प्रदेश सदस्यमा शाही र बराल चयन


कालिकोट: नगरपालिका महासंघ कणाली प्रदेशको पुनर्गठन भएको छ । प्रदेशभरीका नगरपालिका प्रमुख, उप प्रमुखहरुको भेलाले नगरपालिका महासंघ कर्णाली प्रदेशको पुनर्गठन गरेको हो ।
सुर्खेतको गर्भाकोट नगरपालिका प्रमुख हस्तबहदुर पुन सयोजक र सह–संयोकमा भेरिगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल सहित ९ सदस्य कार्यसमिति गठन गरिएको छ । जसको सदस्यमा कालिकोटबाट तिलागुफा नगरपालिका उप प्रमुख महेन्द्रबहादुर शाही र रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बराल सर्बसहमत चयन भएका छन् ।
शाही नेकपा एमालेका प्रदेश कमिटि सदस्य पनि हुन् भने बराल नेपाल कम्यूनिष्ट पाटी (एकिकृत समाजवादीका) प्रदेश कमिटी सदस्य हुन् ।
कर्णालीपाटी । २६ श्रावण २०७९, बिहीबार ०९:१३