कर्णाली उज्यालो कार्यक्रममा लाखौ अनियमितता
कालीकोट । कर्णाली उज्यालो कार्यक्रम अन्र्तगत कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा लाखौ रुपैयाँ अनियमितता भएको छ । आर्थिक वर्ष २०७८/०८९ मा कर्णाली प्रदेश सरकारबाट सोलार खरीद तथा वितरण कार्यक्रमको लाखौ रुपैयाँ अनियमितता भएको हो ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को २०७८ साल कार्तिक १५ गतेको निर्णय अनुसार सोलार खरीद तथा वितरण कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनिजन गरेको थियो ।
गाउँपालिकाले कार्यान्वयन गर्ने गरि गएको ४० लाख बजेट आर्थिक वर्षको अन्तिममा उपभोक्तालाई भुक्तानी दिएको पाइएको हो । स्थानीयहरुले अहिले पनि उक्त सोलार पाउन सकेका छैनन् ।
गाउँपालिका विनियोजन गरेको विनियोजन गरेको रकम स्थानीयलाई सोलार नदिएर आर्थिक वर्षको अन्तिम दिन उपभोक्तालाई असार २४ राती भुक्तानी गरिएको हो । स्थानीय १५० जना नागरिकलाई वितरण गर्नु पर्ने सोलार अझैँ वितरण गरिएको छैन । प्रदेश सरकारले पठाएको ४० लाख रकम भुक्तानीका लागि स्थानीय नागरिकको फोटा खिचेर नक्कली कागजात बनाएर भुक्तानी लगिएको छ ।
तर, यता सोलार पाउनुपर्ने नागरिकले अहिलेसम्म पनि सोलार नपाएको गुनासो गरेका छन् । एक स्थानीयले भने ‘हाम्रो फोटो मात्र खिचे सोलार दिउँला भने अहिलेसम्म सोलार दिएका छैनन ।’ उनका अनुसार पाउनुपर्ने सोलार स्थानीयले पाउन सकेका छैनन् ।
तर, उपभोक्ता समितिले ३९ लाख ९७ हजार भुक्तानी लगिसकेको उपभोक्ता समितिका उपाध्यक्ष प्रेम शाहीले बताए । तर, उपभोक्तालाई समयमै वितरण गर्नुपर्ने सोलार अहिलेसम्म पनि वितरण हुन सकेको छैन ।
बैकल्पिक उर्जा प्रवद्धन केन्द्रले कर्णालीमा दिने अनुदानको सोलारको खोजीमा उपभोक्ता र वितरण कम्पनी लागी परेकाले नागरिकले अहिलेसम्म पनि सोलार पाउन नसकेको बताइएको छ ।
स्थानीय तह निर्वाचनमा वडा नं ९ मा वडाध्यक्षका प्रत्यासी अम्मरबहादुर शाहीले नागरिकले सोलार पाउन नसकेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘पुरानो व्याट्री विग्रेर फालेका सोलार वितरणका लागि परेका छन् ।’
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तरगर्त योजना तथा अनुगमन महाशाखाले कायक्षेत्र भित्र पर्ने भएकाले यदि उज्यालो कार्याक्रम अन्तरगर्त सोलार वितरण नगरेको भए तत्काल अनुसन्धान र अनुगमन गरिने बताएको छ । हामीले कर्णालीका विपन्न नागरिकलाई अन्धकारबाट उज्यालो तर्फ लिनका लागि कर्णाली उज्यालो कार्यक्रम ल्याएका र्हौ हामी तत्काल गाउँपालिकासंग बुझेर यसको सोधिखोजि गर्ने योजना तथा अनुगमन महाशाखाले जानकारी गराएको छ ।
पुष्पराज भट्टराई । २९ श्रावण २०७९, आईतवार १४:१०