८ बैशाख २०८१, शनिबार

अबरुद्ध कर्णाली करिडोर खुल्यो


सुर्खेत । शनिबारदेखि अबरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरकोक कालिकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जादाँ अबरुद्ध भएको थियो ।
पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर सोमबारदेखि खुलेको छ ।
कर्णाली करिडोरको कालिकोट खण्डमा पर्ने लालिघाट भीरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए । ‘पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको छ ।’ उनले भने,‘वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।’