नेपाल शिक्षक संघको आठौ प्रतिनिधी सभा सम्पन्न
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको आठौ प्रतिनिधी सभा उद्घाटन समारोह आज सम्पन्न भएको छ। नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति नरहरिनाथ गाउँपालिकाका कार्यबाहक अध्यक्ष शुभराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघ संघीय प्रतिनिधि बुद्धिसिंह बिष्ट बिशेश अतिथि नेपाली काँग्रेस गाउँ कार्यसमिति नरहरिनाथ गाउँपालिका सभापति रामबहादुर बटाला अतिथि नेपाल शिक्षक संघ जिल्ला कार्य समिति कालिकोट सदस्य मोतिप्रसाद सापकोटा, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश सदस्य तपेन्द्र महतारा, नेपाल शिक्षक महासंघ नरहरिनाथ गाउँ कार्यसमिति अध्यक्ष शेरबहादुर बिष्ट बिधालयका प्रअलगायत अन्य शिक्षक हरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमा शिक्षकहरुले गुणस्तरिय शिक्षा कसरी प्रवाह गर्ने, सामुदायिक विद्यालयको सुधार गर्ने र शिक्षकहरुका हक अधिकारका बिषयमा शिक्षक संघले खेल्नु पर्ने बिषयमा छलफल भएको हो ।
उद्घाटन कार्यक्रमा बोल्दै नेपाल शिक्षक संघ संघीय प्रतिनिधि एवंम कार्यक्रमका प्रमुख अतिथि बिष्टले नेपाल नेपाल शिक्षक संघले बिगत ४७ बर्षदेखि शिक्षकहरूको हकहित संरक्षण, अधिकार सुनिश्चितता, र पेशागत विकासका लागि काम गर्दै आईरहेको बताए । उनले भने शिक्षकहरूको पेशागत सुरक्षा, सम्मान, र कामको वातावरण सुधार गर्ने पहल गर्दै शिक्षण पेशाको गुणस्तर सुधार गर्दै विद्यार्थी र समुदायलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै बिशेश अतिथि एवम् नेपाली कांग्रेस नरहरिनाथ गाउँकार्यपालिका सभापति रामबहादुर बटालाले शिक्षा नीति निर्माण, कार्यान्वयन र सुधारका लागि नेतृत्वदायी आफुले महत्वपुर्ण भूमिका खेलेको बताए । उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र सर्वसुलभ बनाउन
र पालिकासँग समन्वय गरि शिक्षकको हक अधिकारलाई थप बलियो बनाउन प्रयत्न गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै शिक्षक महासंघ नरहरिनाथ गाउँकार्य समिति अध्यक्ष शेरबहादुर बिष्टले शिक्षा एेनले शिक्षकहरुको अधिकारमा आसामानता बढाएकाले सबै शिक्षक हरुको हक अधिकार लाई समान बनाउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रमको सन्चालन नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति नरहरिनाथ गाउँपालिकाका सचिव पुर्णबहादुर बिष्टले गरेका हुन । कार्यक्रममा थुप्रै शिक्षकहरुले आफ्नो धारणा राखेका थिए ।
चन्द्र भट्टराई । १२ माघ २०८१, शनिबार १६:४३