एचपिभी खोप अभिमुखिकरण कार्यक्रम सम्पन्न


कालीकोट । एचपिभी खोप दिने स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, प्रमुख प्रशासकीय अधिकृत यूवराज पौडेल, योगी नरहरिनाथ आधारभुत अस्पताल का प्रमुख डा. शिभनाथ यादव, नरहरिनाथ गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख मानबहादुर सहकारी, सबै स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा विद्यालयमा एचपिभी खोप सफल रुपमा कसरी लगाउने भन्ने बिषयका केन्द्रीत रहेको थियो । नरहरिनाथ गाउँपालिकाले पालिका भरि १७ वटा विद्यालयमा खोप केन्द्र तोकेको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन÷अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन हुँदैछ।
महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व सबैको भएकाले स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक, अविभाबक सबैलाई यो अभियान सफल पार्ने सहयोग गर्ने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले आग्रह गरे । कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरिक्षक मानबहादुर सहकारी, डा. शिभनाथ यादब, हेल्थ अशिस्टेन्ट जीवन सहकारीले गरेका थिए । कार्यक्रमा खोपका लगाउने तयारीका बारेमा विशेष छलफल भएको हो ।
एचपिभी खोप २०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई देशैभरि दिईदैछ ।
एचपिभी एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच।पि।भी। हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ।
चन्द्र भट्टराई । १७ माघ २०८१, बिहीबार १३:०८